वैशाख २५, २०७३- पति–पत्नीलाई दुई शरीर एक मन भनिन्छ। सफल दाम्पत्यबीचमा कुनै पनि कुरा अपरिचित हुनु हुँदैन। तर यतिबेला निर्देशक साम्तेन भुटिया भने पति–पत्नीबीचको अपरिचित सम्बन्धले निम्ताउन सक्ने पारिवारिक झमेलालाई मिहिन प्रस्तुति दिन कम्मर कसेका छन्।
‘अनागत’ शीर्षकमा उनले बनाउन लागेको फिल्ममा पति–पत्नीको भूमिकामा अर्पण थापा र प्रियंका कार्की देखिनेछन्।
सुरेश नामको एक सिकारु चित्रकार जो आफ्नै पत्नी कृतिबाट योजनाबद्ध हत्याको सिकार हुँदै छु भन्ने शंकामा छ, फिल्म ‘अनागत’ यसैको सेरोफेरोबीच घुम्ने बताइएको छ।
सुरेशको भूमिकामा खेल्न लागेका अर्पणले भने, ‘यस फिल्ममा मेरा लागि दुइटा अचम्मका छन्।’
सुरेशको भूमिकामा खेल्न लागेका अर्पणले भने, ‘यस फिल्ममा मेरा लागि दुइटा अचम्मका छन्।’
आफूले गर्ने अभिनयमा पात्र, चरित्र र गेटअपमा विविधता रुचाउने र अपनाउने स्वभावका अर्पणले थपे, ‘पहिलो त, मलाई पेन्टिङमा भित्रैदेखिको इच्छा पात्रमार्फत् पूरा गर्दै छु। अर्को, मेरो विवाह भएको दश वर्ष भइसक्यो। खुशी छौं। तर यसमा मेरो चरित्र पत्नीले नै आफूलाई मार्न चाहिरहेको शंका गर्छ, जुन मेरो रियल लाइफमा नहोस्।’
प्रियंकाले भने पटकथा साधारण कथामा बनेको बताउँदै थपिन्, ‘पति र पत्नीबीचमा शंका उत्पन्न हुँदा आइपर्न सक्ने समस्याबारेमा फिल्म आधारित हुनेछ।’
मंगलबारदेखि छायांकनमा जाने फिल्ममा अर्पण र प्रियंकाबाहेक प्रवीण खतिवडा, रोसिन सुवेदी हुनेछन्। माउन्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्रकान्त झा, निलु डोमा शेर्पा र स्वयं निर्देशक भुटियाकै लगानी रहने बताइएको ‘अनागत’ को पटकथा भने प्रवचन श्रेष्ठ र निर्देशक भुटियाले नै संयुक्त रूपमा तयार पारेका हुन्।
सिसन बानियाले खिच्ने फिल्मलाई निर्देशक भुटियाले नै सम्पादन पनि गर्नेछन्।
कान्तिपुर समाचार
कान्तिपुर समाचार

Post a Comment