1

जेष्ठ ३, २०७३- बलिउडमा बर्षेनी सबभन्दा खराब फिल्म र कलाकारलाई दिने गरिएको ‘घन्टा अवार्ड’मा २०१६ का लागि शाहरुख खान र सोनम कपुरलाई सबभन्दा खराब घोषणा गरिएको छ ।

बलिउड सुपरस्टार शाहरुख खानलाई रोहित शेट्टीको फिल्म ‘दिलवाले’ र सोनमलाई सुरज बड्जात्याको फिल्म ‘प्रेम रतन धन पायो’का लागि सबभन्दा झुर अभिनयको अवार्ड दिइएको हो । वर्षको झुर फिल्मको अवार्ड पनि ‘प्रेम रतन धन पायो’ ले नै पायो ।

शाहिद कपुर–आलिया भट्ट अभिनित ‘शानदार’का लागि विकास बहलले झुर निर्देशक, ‘प्रेम रतन धन पायो’का लागि निल नितिन मुकेशले झुर सहअभिनेता र ‘हिरो’का लागि सुरज पंचोलीले सबभन्दा खराब नयाँ हिरोको अवार्ड पाए । अनुराग कश्यपको फिल्म ‘बम्बै भेल्भेट’मा ग्याङस्टरका रुपमा देखिएका करण जौहरलाई ‘मिसकास्ट’ मानियो ।

कान्तिपुर समाचार 
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top