0

जेष्ठ ६, २०७३- बलिउड कलाकार हुमा कुरेसीले विषय राम्रो छ भने जति सानो बजेटको फिल्मले पनि दर्शक पाउने बताएकी छन् । पहिलोपटक आफ्नो भाई साकिव सलिमसँग अभिनय गरेको फिल्म ‘दोबारा’को प्रचारका क्रममा उनले यस्तो बताएकी हुन् ।

हलिउड फिल्म ‘ओक्युलुस’को रिमेकका रुपमा बनाइएको यो फिल्मले मनोवैज्ञानिक विषय समाएको छ । ‘कन्टेन्ट फिल्मको राजा हो । फिल्मको कन्टेन्ट राम्रो छ र मेकिङ गतिलो छ भने फिल्मले ढिलो भए पनि दर्शक पाउँछ,’ उनले भनिन् ।

अनुराग कश्यप र विशाल भारद्वाजजस्ता निर्देशकका फिल्ममा अभिनय गरिसकेकी हुमाले अभिनय गरेका ‘एक थि डायन’, ‘ग्यांग्स अफ वासेपुर’, ‘डेढ इश्किया’ र गत वर्षको ‘बदलापुर’ चर्चित छन् ।
उनले बलिउडमा हलिउड फिल्मको वा दक्षिण भारतीय फिल्मको रिमेक भइरहने बताउँदै भनिन्, ‘रिमेक राम्रो बन्छन् भने यसको कुनै हानी गर्दैन ।’

कान्तिपुर समाचार

Post a Comment

 
Top